काठमाडौँ, ९ असार । नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन्।
आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा अध्यक्ष प्रचण्डले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको बताएका छन् ।
भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरे । शिक्षकसागको सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको स्मरण गरे ।
जवाफमा अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताए । उनको सचिवालयका अनुसार प्रचण्डले भनेका छन्, ‘हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं ।’
अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्ने बताए । प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आफ्नो राय रहेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्