राजनीति

निर्माणाधीन संसद भवनको उपलब्धिबारे जानकारी गराउन समितिको निर्देशन



काठमाडौँ, ९ असार । निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधिन संसद भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो । 

समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिए । उनले भने, ‘सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको छ । पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई नै विषयवस्तु बनाएर यसका जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमुलक नै हुन्छ । शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको हामीले गरेका प्रश्नहरुको कार्यान्वयन के भएको छ रु भन्नेकुराको जानकारी दिन पत्राचार गर्ने ।’