राजविराज, २६ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष जितेन्द्रनारायण देवले जिल्ला विकास समितिका कर्मचारीले सांसदसँग पनि कमिसन लिने गरेको बताएका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसदसमेत रहेका उनले राजविराजमा पत्रकार सम्मेलन गरी जिल्लाको विकास गर्ने जिम्मेवारी बोकेको कार्यालयमा कमिसनतन्त्र प्रथाकै रुपमा विकसित भएको भन्दै चिन्ता व्यक्त गरे ।
‘निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रममा जिविसका कर्मचारीले व्यापक कमिसन लिइरहेको आवाज उठिरहेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘संसदीय क्षेत्र विकास कार्यक्रममा पनि कर्मचारीले कमिसनबिना काम गरिरहेका छैनन् ।’
आफ्नो जिविसमा मौलाएको आर्थिक अनियमितताबारे व्यवस्थापिका संसदमा समेत आवाज उठाएको भन्दै उनले चाँडै सप्तरीका सबै सांसद्लाई एक ठाउँमा राखेर अनियमितता नियन्त्रणका लागि पहल थाल्ने बताएको नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्