Banner News

गोकुल बाँस्कोटाको प्रश्नः कृषिमन्त्री किन बेपत्ता छन् ?



काठमाडौँ, ११ असार । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले मल र मन्त्री एकैपटक बेपत्ता भए भन्दै खोजि गर्नुभएको छ ।

कृषिमन्त्री रामनाथ अधिकारी बेपत्ता भएको भन्दै उहाँले नेपालमा सत्ताको तालमेल साँचो कता छ भनेर जनताले सजिलै पत्ता लगाउन सक्ने तर जेठ असारमा मल र मन्त्री जहिले पनि बेपत्ता हुने कुराको जानकारी जनतालाई नहुने गरेको भन्दै आपत्ती जनाउनुभएको छ । राजनीतिमा रहेको घेरावन्दी तोड्ने कुरा चल्ने गरेको तर मलको घेराबन्दी तोड्ने बहादुर नेता ननिस्किएको भन्दै कोही भए निस्कन आग्रह गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन ।तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन रुकसैले थाहा नपाउने भो । राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन । लौ न कोही छ १’