राजनीति

मन्त्री दाहाल ईस्तान्बुल प्रस्थान



काठमाडौँ, १२ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको ईस्तान्बुल प्रस्थान गरेका छन् । 

ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल ईस्तान्बुल गएका हुन् । मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।

समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भूपरिबेष्ठितबाट भूजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरूका विषयमा संशोधन गर्नेछन् । कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने छ । 

सो समारोहमा विभिन्न मुलुकका मन्त्रीहरू, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ ।