राजनीति

काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यवसनीको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा



काठमाडौँ, १२ असार । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यवसनीको बिगबिगी रहेको बताएका छन् ।

आज काठमाडौँमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागूऔषध नियन्त्रणका लागि सबैको ऐक्यबद्धता आवश्यक हुने बताए ।

उनले भने, ‘काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी हामी नियन्त्रण गर्न सक्छौँ ।, ‘डिमान्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’