Banner News

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः सभापति देउवा



चितवन, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने बताएका छन् । 

नेपाली कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. गौरीदेवी प्रधानको सातौं  दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले  अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गरे ।
 
नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनको भनाइ थियो । कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउनसक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गरे।