राजनीति

कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ: प्रधानमन्त्री ओली



काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज असर १५ को शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्नेमा जोड दिनुभयो । उक्त कार्यको लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस । माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ । तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ । कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।’