काठमाडौँ, १५ असार । सिन्धुपाल्चोक जिल्लाको गोब्रे, मानेखार्क वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार शनिबार राति ११:४५ बजेसम्म मापन गरिएका तथ्यांकअनुसार आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेको छ ।
विभागले जारी गरेको सूचना अनुसार जिल्लाभित्र बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ। साथै, कमजोर तथा भिरालो जमिन भएका स्थानहरूमा पहिरोको जोखिम पनि देखिएको छ ।
विभागले स्थानीय बासिन्दा, यात्रु र सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्