समाचार

महिला एशियन कपको छनोट : नेपालले आज श्रीलङ्कासँग खेल्दै



काठमाडौँ, १८ असार । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।