समाचार

खुकुरी प्रहार गरी श्रीमतीको हत्या



रुकुमपश्चिम, १८ असार । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् ।

घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।