काठमाडौँ, २० असार । बजारमा आलुको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको भाउ बढेको हो ।
बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै रातो आलु भारतीयको प्रतिकिलो थोक मूल्य न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ कायम छ । आलु रातो मुडेको प्रतिकिलो न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार आलु रातो ४२ देखि ४५, आलु रातो भारतीय ३६ देखि ४० र आलु रातो मुडेको ३६ देखि ३८ रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्