समाचार

साझेदारी वनको जग्गामा वृक्षारोपण सुरु



काठमाडौँ, २८ असार । दुई दशकदेखि निजी कम्पनीको भोगचलनमा रहेको बाराको हलखोरिया साझेदारी वनको जग्गामा वृक्षारोपण सुरु गरिएको छ ।

नेचुरल हर्बल उद्योग प्रा.लि.ले करिब २० वर्षदेखि उपयोग गर्दै आएको हलखोरिया साझेदारी वनको करिब २९ बिगाहा जग्गामा शुक्रबारदेखि वृक्षारोपण सुरु गरिएको हो ।

साझेदारी वनका तत्कालीन अध्यक्ष राजकुमार अर्यालले वार्षिक एक लाख पच्चीस हजार रुपैयाँ भाडा आउने गरी करिब ५० बिगाहा वन क्षेत्र विभिन्न निजी कम्पनीलाई उपलब्ध गराएका थिए । तर, हाल डिभिजन वन कार्यालयले सो निजी कम्पनीसँगको सम्झौता खारेज गरी सो स्थानमा वृक्षारोपण सुरु गरेको डिभिजन वन प्रमुख राजीव कुमार झाले जानकारी दिए ।

सो क्षेत्रमा अहिले टिक, सतीससाल, मलेसियन साललगायतका बिरुवा रोपिएको छ ।