समाचार

नुवाकोटको त्रिशूली नदीमा बाढी, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, २९ असार । नुवाकोटको त्रिशूली नदीमा शनिबार (असार २८) राति जलसतह बढेको छ ।

वेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

“असार २८, राति ९ः५० बजे । नुवाकोट जिल्लास्थित त्रिशूली नदी, बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।