राजनीति

त्रिविको सर्भर डाउन



काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सर्भर डाउन भएको छ ।

त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने काम नहुँदा समस्यामा परेको सेवाग्राहीले बताएका छन् ।

वेबसाइट नै नखुल्ने भएपछि त्रिवि सेवा आयोगले खुलाएको विज्ञापनमा आवेदन दिन नपाएको उनीहरुको भनाइ छ । त्रिविले २१ जेठमा ५०० बढी प्राध्यापक र उपप्राध्यापक पदहरुमा विज्ञापन खुलाएको थियो । ती विज्ञापनमा आवेदन दिने म्याद साउन पहिलो सातासम्म छ ।