काठमाडौँ, ३२ असार । थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर छिन् । असार ३० मा एयर एसियाको उडानमार्फत काठमाडौँ आएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले रातोपाटीलाई बताए । आरोपीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्