काठमाडौँ, ३२ असार । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेंगु संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
डेंगु संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेंगु सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए ।
मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे । डेंगु सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको बिषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेंगुमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।










प्रतिक्रिया दिनुहोस्