काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज साउन १ गते साउने सङ्क्रान्तिको अवसरमा उहाँले सवै नेपालीको मनमा हरियाली छाओस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ । साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना !!’










प्रतिक्रिया दिनुहोस्