काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान नभए मुलुकको समृद्धि असम्भव रहेको उल्लेख गर्नुभएको छ ।
श्रमि बिना प्रगति सम्भव नभएको उल्लेख गर्दै उहाँले सामाजिक सुरक्षाको माध्यमबाट श्रमिकको भविष्य सुरक्षि गर्ने पाइला सरकारले बढाएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन । यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौं । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन् ।’
सरकारले साउन १ गतेदेखी लागु हुने गरी श्रमिकको न्युनतम् पारिश्रमिक बढाएको उल्लेख गर्दै उहाँले श्रमिकलाई एक मुठ्ठी भरोसा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ । श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ । जय श्रमिक, जय नेपाल ।’










प्रतिक्रिया दिनुहोस्