समाचार

९ जना जुवाडे पक्राउ



काठमाडौँ, ४ साउन । बारा जिल्लामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जानकी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर केशव सुनुवारको घरको तेस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा जीतपुरसिमराका सुसन खाती सुनार, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव, केशव सुनुवार (घरधनी), थहल वहादुर विश्वकर्मा, शिवजी प्रसाद साह, राज कुमार भट्टराई र बलराम कुमार क्षेत्री रहेको बारा प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगद  १ लाख ५४ हजार ६८०  रुपैयाँ र तास बरामद गरिएको छ । पक्राउ परेका सबैजना प्रहरी नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको छ ।