काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कुलिङ पिरियड हटाउने कुरा स्वीकार्य हुँदैन स्पष्ट पारेका छन् ।
बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउन सक्नुपर्ने उल्लेख गरे ।
अहिले कांग्रेसको महत्वमाथि कम्युनिस्टहरूले आक्रमण गरिरहेको उनको भनाई थियो । कांग्रेसको ‘कोर भ्याल्यु’मा एमालेले आक्रमण गरिरहेको आरोप लगाए । सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भए पनि आफ्नो महत्त्व कांग्रेसले बिर्सिन नहुने बताएका हुन् ।
नेता कोइरालाले भने, ‘हामी सरकारमा छौँ, ठिक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिस्टहरूले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्न सक्नुपर्छ । सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदैन । गल्ती भएको छ, हामीबाट पनि भएको छ । नेपाली कांग्रेसका सांसदहरूको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो ।’










प्रतिक्रिया दिनुहोस्