अर्थ

६ वटा निर्माण कम्पनी कालोसूचीमा



काठमाडौँ, ९ साउन । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । वीरगन्जको जिबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै धनुषाको एस.डी कन्स्ट्रक्सन, काठमाडौंको शर्मा धुलिखेल जेभी,  जाजरकोटको भेरी नदी निर्माण सेवा एन्ड प्रनव सप्लायर्स, काठमाडौंकै डल्लुको आकाश कन्स्ट्रक्सन,  र पाल्पाको विपीन कन्स्ट्रक्सनलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।