समाचार

भरुवा बन्दुकसहित दुई जना पक्राउ



काठमाडौँ, ९ साउन । कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरीलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले दुवैको घरमा खानतलासी गर्दा बन्दुक बरामद गरेको हो ।

बरामद दुई वटै बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।