अर्थ

अकबरे खुर्सानीको मूल्य घट्यो



काठमाडौँ, ९ साउन । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो ।

आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो १४ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार भने प्रतिकिलो १ सय ८६ रुपैयाँमा किनबेच भइरहेको छ ।