काठमाडौँ, ९ साउन । अभिनेता सौगात मल्ल फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन् ।
निर्मातासँग विहीबार उनको लिखित सम्झौता भएको छ । यसअघि ‘घरज्वाइँ’ र ‘आग्रे’ वृत्तचित्र निर्देशन गरेका अनिल बुढाको यो दोस्रो कथानक निर्देशकीय प्रोजेक्ट हुनेछ ।
यो फिल्ममा यसअघि दयाहाङ राई, तेरिया मगर, स्मिता लामिछाने लगायत अनुबन्धित भैसकेका छन् । अन्य कलाकार तय गर्ने क्रम जारी रहेको जनाइएको छ ।
‘गाउँ आएको बाटो’ फेम्ड महेश राईको पटकथा लेखन रहेको यो फिल्मलाई जनक घर्तीमगरले निर्माण गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्