काठमाडौँ, १० साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए । उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए ।
जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।
आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए।










प्रतिक्रिया दिनुहोस्