काठमाडौँ, ११ साउन । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । केन्द्रको जारी गरेको तालिका अनुसार नारायणी–माडी फिडरमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
यसैगरी मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ बजे देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ६ बजेदेखि राती ९ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ । यसैगरी जगतपुर–रामपुर फिडरमा दिउँसो १२ बजेदेखि दिउँसो ३ बजे र बेलुका ९ बजेदेखि राती १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
केन्द्रले जारी गरिएको सूचनामा केन्द्रबाट वितरण गरिएको लाइन अन्तर्गत भरतपुर १३२/३३ के.भी. सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पियरभन्दा बढी विद्युत प्रवाह सहन नसक्ने (क्षमताले नधान्ने) अवस्थाले लोड व्यवस्थापनमा समस्या आएको उल्लेख छ ।
लोडसेडिङ तालिका
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।










प्रतिक्रिया दिनुहोस्