समाचार

भतिजको कुटपिटबाट एक वृद्धको मृत्यु



काठमाडौँ, ११ साउन । आफ्नै भतिजको कुटपिटबाट खोटाङमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ ।

३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आज बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताएका छन् ।

कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा ल्याइएको थियो । उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने न्युसनलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । विवादको वास्तविक कारण अहिलेसम्म खुलेको छैन ।