काठमाडौँ, १२ साउन । झापाको मेचीनगरमा स्कारपियो गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मे १ च ६१३१ नम्बरको स्कारपियोले आइतबार बेलुकी साढे ७ बजे मेचीनगर–१२, सहरेडाँगीमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो ।
अन्दाजी ४५ वर्षीय ती पैदलयात्रीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन बाँकी छ ।
ठक्कर दिएर भागेको स्कारपियोसहित चालक झापाको हल्दीवारी–१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्