अर्थ

भिन्डीको भाउ बढ्यो



काठमाडौँ, १२ साउन ।  बजारमा भिन्डीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिन्डीको थोक मूल्य बढेको हो ।

आज भिन्डीको प्रतिकिलो थोक मूल्य ८ रुपैयाँ बढेर प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो आइतबार भिन्डी प्रतिकिलो २९ रुपैयाँमा किनबेच भएको थियो ।