अर्थ

सेयर बजार घट्यो



काठमाडौँ, १२ साउन । आज पनि सेयर बजार घटेको छ ।

सोमबार सेयर बजारमा २ अंकको सामान्य गिरावट दखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २,९६२.१३ अंकमा झरेको छ ।

आइतबार सेयर बजार १८.४४ अंक घटेर २,९६४.२० विन्दुमा बन्द भएको थियो । आइतबार सेयर बजार घटे पनि कारोबार रकममा उछाल आएको थियो ।

सोमबार बजार र सेयर कारोबार रकम दुवै घटेको छ । आज १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आइतबार बजार घट्दा पनि २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, गत बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार ९४ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको घटेको नेप्सेले जनाएको छ । शिवम् सिमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । शिवम्‌को ६८९.९० मा ९२ करोड ५७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रिलरी लिमिटेडको ७६ करोड ९९ लाख र नाग्दी ग्रुप लिमिटेडको ४४६.९० मा ५७ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयरमा सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै, विन्ध्यवासिनी हाइड्रोपावर लिमिटेड, लक्ष्मी उन्नति कोष र ग्रिन भेन्चर्स लिमिटेडलगायत १५६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।