काठमाडौँ, १२ साउन । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् ।
व्यापारीहरूका अनुसार साउन महिना लागेसँगै माछा मासुको व्यापारमा आधाले कमी आएको हो ।
अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल रहेको व्यापारीहरूको भनाइ छ ।
साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ । यस महिनामा व्रत बस्ने र माछा मासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो । अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ ।
हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको सङ्ख्यामा साना ठुला पशु वधस्थल छन् । साना ठुला गरी राँगा भैँसीका करिब २५० वधस्थल छन् ।










प्रतिक्रिया दिनुहोस्