काठमाडौँ, १२ साउन । माइकल चन्दको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरी अनुबन्ध भएका छन् ।
आज चलचित्र निर्माणपक्ष र आयुषबिच कागजी संझौता भएको हो । यो उनको डेब्यू चलचित्र हो । चलचित्रका निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरेका हुन ।
फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने,मलाई फिल्मको अफर त थुप्रै आइरहेको छ । तर, ‘राम नाम सत्य’को कथा सुनेपछि मैले यहीँ फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’
निर्देशक माइकल चन्दका अनुसार चलचित्रका लागि आयुष एक्सनको तालिम लिइरहेका छन् । यसपछि, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् ।
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ । चलचित्रमा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्