काठमाडौँ, १६ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि भोलिदेखि सुरु हुँदै छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको थियो ।
पदाधिकारी बैठकले हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेन्डा बनाएको छ ।
यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसद्मा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेन्डा बनेको छ ।










प्रतिक्रिया दिनुहोस्