काठमाडौँ, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ’, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’ ‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’










प्रतिक्रिया दिनुहोस्