काठमाडौं, २९ भदौ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर, यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ ।
मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रतक्ष्य प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१ सांसदले निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका नाममा पदावधि सकिनुअघि नै सबै निर्वाचन क्षेत्रमा सवा चार करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी रकम बाँड्न दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा चुनावको मुखमा सांसदहरुले त्यति ठूलो रकमको योजना बाँडेर खर्च गर्न पाउँदा मतदाता प्रभावित हुने भएकाले निर्वाचन परिणाममा प्रत्यक्षरअप्रत्यक्ष असर पर्ने रत्यसबाट विर्नाचन आचारसंहिता उल्लंघन हुने चिन्ता निर्वाचन आयोगका अधिकारीहरुको छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्