काठमाडौँ, १६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा रहेको व्यवस्थाका कारण अहिले नेपालमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् ।
आज पार्टीको थारु विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानका कारण कुनै पनि पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउन सक्ने अवस्था छैन,’ ‘संविधानकै कारण कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको छ ।’
देउवाले पार्टी एक ढिक्का भएर अगाडि बढेमा बहुमत आउन सक्ने अवस्था निर्माण हुने भन्दै पार्टीमा एकता कायम गर्न सबैलाई आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्