काठमाडौं, २९ भदौ । दार्जिलितङसहितको प्रस्तावित ‘गोर्खाल्यान्ड’का माग मंगलबारको वर्तापछि सम्बोधन हुने आस गरेका स्थानीय निराश देखिएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरिदएकी छन् ।
सिलिगुडीमा मंगलबार भएको वार्तामा मुख्यमन्त्री बनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरेपछि चाडपर्वका बेला आमहडताल लम्बिने भन्दै स्थानीयले निराशा व्यक्त गर्न थालेका हुन् । एकातिर आन्दोलनरत दलहरुबीचको बिग्रिँदो सम्बन्ध, अर्कातिर बनर्जीको अडानका कारण समर्थकले आन्दोलन कमजोर हुनेमा चिन्ता जनाएका छन् ।
बनर्जी पेलेरै जाने मुडमा रहेको अवस्थमा आदोलनरत क्षेत्रीय दलहरु भने रक्षात्मक रुपमा मात्र देखिएपछि अभावका बीच सडकमा ९० दिनदेखि प्रदर्शन गरिरहेका जनतामा निराशा छाएको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्