सप्तरी, २९ भदौ । तिलाठी कोइलाडी –२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि चुन्न आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।
नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन । त्यसैले विमला भोट हाल्ने अवसरबाट वञ्चित भएकी छन् । अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका आधिकांश महिलाको नागरिकता बनेको छैन । नागरिकता नभएका महिलाको नाम मतदाता नामावली छैन ।
उम्मेदवारहरु भोट माग्न घरदैलोमा आएपछि विमलाले नागरिकता बनाइदिन पतिसँग पटक पटक अनुरोध गरिसकेकी छन् । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्