अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९८ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।