काठमाडौँ, २० साउन । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आयोजित एक कार्यक्रमकाबीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ ।
लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो । यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्