राजनीति

कर्णली प्रदेश सरकारले गर्यो पाँच निर्णयहरू (सूचीसहित)



काठमाडौँ, २१ साउन । कर्णाली प्रदेश सरकारको बैठकले पाँच वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । आज बसको बैठकले पाँच वटा निर्णयहरु गरेको प्रवक्ता विनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच निर्णयहरु

१) प्रदेशसभाको दोश्रो कार्यकालको छैठौ अधिवेशन मिति २०८२ साउन २१ गते राती १२ बजे बाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।

२) मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागकाजमा खटाउने  ।

३) सर्वोच्च अदालतको परमादेश २०८२/०२/०७ बमोजिम जाजरकोट जिल्लाको जुनिचादे गाउपालिकाको प्रशासनिक केन्द्र सोही गाउपालिका वडा न ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने।

४) पत्रकारिता पुरस्कार वितरण कार्यबिधि २०८२ स्वीकृत गर्ने।          

५) प्रदेशका कार्यालयमा सूचनाको हक कार्यान्वयन भए /नभएको विषयमा अनुगमन गर्न  मुखयमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका शासकिय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन।