सम्पादकीय

राज्यविहीन तिब्बतका नेपाली, सम्बन्ध नेपालको तर प्रमाण जुट्न गाह्रो



काठमाडौं, २९ भदौ । तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन ।

नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौंअघिदेखि न त चिनीयाँ बन्न सकेका छन् न त नेपाली नै । यसरी जन्मिएका सन्ततीलाई नेपालले हस्तलिखित पासपोर्ट उपलब्ध गराए पनि कानुनी जटिलताका कारण नागरिकता र एमआरपी अझै उपलब्ध गरउन सकेको छैन ।

एमआरपीको अभावमा त्यस्ता नागरिकले ल्हासा–नेपाल र नेपाल–ल्हासाबाहेक अन्यत्र आहोरदोहोर गर्न कानुनी जटिलता छ । नेपाल समाचारपत्रमा समाचार छ ।