धनुषा, २९ भदौ । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ ।
सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए ।
तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए । चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए । उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे ।
तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलीरहेको छ । स्थानिय धेरै जानकारहरुले यसपाली उक्त नगरको मेयरमा काग्रेस भन्दा पनि वढी एमालेले हत्याउन सक्ने आकंलन गर्छन ।
नगराईन बजारका पुराना चिया पसलले सविर अन्सारी काग्रेसको कार्यकर्ता भएको अन्न्पुर्णलाई बताए । वुधवार विहान अन्न्पुर्णसंग भेटेका सबिर आफु काग्र्रसी भए पनि याहा अहिले सम्मको प्रतिस्पर्धामा एमाले अगाडी रहेका दावी गरे । धनुषा जिल्लाको दीक्षणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटही संग जोडिएको छ ।
गएको दोस्रो संविधानसभाको निर्वाचन उक्त निर्वाचन क्षेत्रमा निधिलाई एमालेकी नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन । १२ सय मतको अन्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान कि नसकिने हो भन्ने चर्चा नगराईन बजारको बहसको मुख्य मुद्धा अचेल बनेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्