काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् ।
उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले सामाजिक संजालमा भनेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्