काठमाडौँ, २४ साउन ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेस गर्न आग्रह गरेको छ ।
चालु आर्थिक वर्षमा सरुवा गर्नुपर्ने कर्मचारीको नामावली तयार गर्नका लागि मन्त्रालयले साउन मसान्तभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको हो । निजामती कर्मचारीको वार्षिक सरुवा प्रक्रिया व्यवस्थापन गर्न देशभरका मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा निजामती कर्मचारीहरूलाई शुक्रबार निर्देशन जारी गरिएको हो ।
सरुवाका लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सरुवा निवेदन पेस गर्नुपर्ने छ । सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्