समाचार

गुन्हुँ पुन्ही : स्वाद, संस्कार र प्रकृतिको सम्मान गर्ने पर्व



काठमाडौँ, २४ साउन । श्रावण शुक्ल पूर्णिमाको दिन नेवार समुदायले विशेष रूपमा मनाउने गुन्हुँ पुन्ही पर्व अर्थात् क्वाँटी पूर्णिमा पनि भनिन्छ । यो पर्व सांस्कृतिक, धार्मिक, पर्यावरणीय र स्वास्थ्य चेतनाले भरिएको एक महत्वपूर्ण पर्व हो ।

‘गुन्हुँ’ शब्द नेपाल संवतको नवौं महिनालाई जनाउँछ भने ूपुन्हीू पूर्णिमालाई जनाउने शब्द हो, जसका कारण यस पर्वलाई “गुन्हुँ पुन्ही” भनिन्छ ।

यस पर्वमा नेवार समुदायले नौ थरिका गेडागुडी मिसाएर बनाइने स्वादिलो, पौष्टिक र पाचनशक्ति वृद्धिमा सहायक परिकार ‘क्वाँटी’ खाने परम्परा रहेको छ ।

नेवारी भाषामा ‘क्वा’ को अर्थ तातो र ‘टी’ को अर्थ सुप भनिएको हो । यो परम्परागत नेपाली पकवान हो जुन नेवारी समुदायमा ‘गुन्हुँ पुन्ही’ पर्वको अवसरमा वा ‘जनै पूर्णिमा’ मा खाइन्छ।

जनै पूर्णिमा भनेको नेपाल सम्बत् पात्रोको दशौं महिना ‘गुनला’ को पूर्णिमाको दिन हो र नेवारी पात्रोको पहिलो दिन पनि हो। यसले वर्षा ऋतुको अन्त्य र नेपालमा जाडो ऋतुको सुरुआतलाई जनाउँछ।

क्वाँटीमा प्रयोग हुने अन्नमा मास, मुगी, चना, बोडी, केराउ, राजमा, सिमी, भटमास, मकै तथा बकुल्लाजस्ता गेडागुडी समावेश हुन्छन्, जसले शरीरलाई आवश्यक पर्ने प्रोटिन, फाइबर, भिटामिन र खनिजहरू प्रदान गर्दछ। विशेषगरी वर्षाको मौसममा कमजोर हुने पाचन प्रणालीलाई बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वाससहित क्वाँटी सेवन गरिन्छ।