विश्व

अब विश्वको भविष्य महिलाः हिलारी क्लिन्टन



अमेरिका २५ माघ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै विश्वको भविष्य महिला भएको बताउनुभएको छ ।

गत महिना दशौँ लाख महिलाद्वारा गरिएको प्रदर्शनले महिला अब आफ्नो अधिकारका लागि मात्र सङ्घर्ष गर्ने नभएर विश्वको नेतृत्व लिन अग्रसर हुने बताउनुभयो ।

साहसी महिला अब अघि बढ्नु पर्छ र बोल्नुपर्छ भन्दै उहाँले किशोरी र महिला अब विश्वको भविष्यका लागि चिन्तित हुन आग्रह गर्नु भएको छ ।

सन्देश सोमबार सुरु भएको तीनदिने ‘मेकर्स’ सम्मेलनका अवसरमा तयार पारिएको थियो । सम्मेलनमा अमेरिकाका उच्च पदस्थ राजनीतिकर्मी, सिने कलाकार र व्यवसायीहरुको सहभागिता रहेको छ । रासस÷एपी