काठमाडौं, ३० भदौ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जिम्मेवारीबाट हटाउने उदेश्यकासाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई करिब सात अर्ब रुपैयाँ घाटा हुन सक्ने देखिएको छ ।
गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्धाको आर्बिटेसनमा पराजित हुने सम्भावना बढेको छ ।, र त्यस्तो भएमा नेपाल सरकारलाई करिव सात अर्ब रुपैयाँ घाटा पर्नेछ ।
मन्त्री देवले गौतमलाई स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का रद्द भइसकेको स्पेनिस कम्पनीलाई मुद्दा जित्न सजिालो पारिदिएका छन् । उच्च अदालतमा मात्र होइन, स्पेनको अदालतमा हालको मुद्दा पनि नेपाल उड्डयन प्रधिकरणले जितेको थियो । तर, यो मुद्दा सिंगापुरमा समेत चलिरहेको छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्