धनकुटा, २९ साउन । विधान महाधिवेशनलाई रचनात्मक सुझाव संकलन गर्नेसहित एक वर्षीय वैचारिक तथा सांगठनिक कार्ययोजना पारित गर्दै एमाले कोशी प्रदेश कमिटीको धनकुटाको हिलेमा जारी सातौं पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकले चालु आर्थिक वर्षको लागि प्रस्तावित वैचारिक, सांगठानिक तथा आर्थिक कार्ययोजनासमेत पारित गरेको छ । यसअन्तर्गत विभिन्न १४ वटा मुख्य विषयमा केन्द्रित कार्ययोजनालाई समेत बैठकले अनुमोदन गरेको छ ।
यसैगरी, आगामी विधान महाधिवेशनका लागि तयार पारिएको मस्यौदामा रचनात्मक सुझाव संकलनका लागि मातहतका कमिटीलाई निर्देशन दिइएको छ । यसअघि प्रदेशभरिका गाउँ, नगर र जिल्ला कमिटीहरुबाट प्राप्त सुझावलाई व्यवस्थित गर्न ९ सदस्यीय विधान मस्यौदा सुझाव संकलन समितिसमेत गठन गरिएको छ । जसका लागि एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीको संयोजकत्वमा समिति गठन गरी संकलित मस्यौदालाई एकीकृत गरि पेश गरिने जनाइएको छ । यस्तै, चालु आव २०८२–२०८३ को प्रस्तावित बजेतसमेत बैठकले स्वीकृत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्